Logout

उप-सेनानी पौडेललाइ वेलायतमा उत्कृष्ट अन्तराष्ट्रिय विद्यार्थीको अवार्ड

10.1k Shares

नेपाली सेनाका उप-सेनानी कल्याण पौडेलले वेलायतमा उत्कृष्ट अन्तराष्ट्रिय विद्यार्थीको  अवार्ड प्राप्त गरेका छन् । स्याङजा जिल्लाको आँधीखोला गाउपालिका वडा न २ मा जन्मिएका कल्याण पौडेल नेपाल आर्मिको उप सेनानी पदमा कार्यरत छन् ।  सन् २०२१ मा उप-सेनानीवाट नेपाली सेनामा प्रवेश गरेका पौडेल २०२४ जुन ९ देखि अगस्ट १६ सम्म रोयल मिलिट्री एकेडेमी, स्यान्डहर्स्टबाट कमिसन भएर ब्रेकनमा इन्फेन्ट्री ब्याटल स्कुल, प्लाटुन कमान्डर ब्याटल कोर्स गर्न गएका थिए । बेलायतको इन्फेन्ट्री ब्याटल स्कुलमा संचालन भैरहेको तालिममा सहभागी भएका पोडेलले उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्ड प्राप्त गरेका हुन् । नेपालबाट यो अवार्ड पाउने पौडेल दोस्रो अधिकृत हुन्।

२०२४ जुन ९ देखि अगस्ट १६ सम्म सञ्चालन भएको तालिममा विभिन्न राष्ट्रका ९ र बेलायती इन्फेन्ट्रीका ७६ अधिकृत सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार