पोखरा: स्याङ्जा फेदिखोला–५ बाँगे फड्केका लामिछानेहरूको बृहत् भेला, भेटघाट तथा बनभोज कार्यक्रम पृथ्वी जयन्तिको अवसरमा शनिबार पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ।
भेलाले कृष्ण क्षेत्री लामिछानेको अध्यक्षतामा १३ सदस्यीय "बाँगे–पोखरा लामिछाने भाइखलक एकता समाज" गठन गरेको छ।
समाजको नव गठित कार्यस समितिको उपाध्यक्षमा शालिकराम लामिछाने, सचिवमा लोकराज शर्मा लामिछाने, कोषाध्यक्ष शिव लामिछाने, सहसचिव, ईश्वर शर्मा लामिछाने, सदस्यहरू, राजु क्षेत्री लामिछाने, दिनेश क्षेत्री लामिछाने, ख्यामराज लामिछाने, मेघनाथ लामिछाने, बाबुराम लामिछाने, सज्जा लामिछाने, उषा लामिछाने, र बलराम लामिछाने रहनुभएको छ ।
कार्यक्रमको स्वागत मन्तव्य लोकराज शर्मा लामिछानेले राख्नुभएको थियो । समाजका सल्लाहकार तथा निर्वाचन संयोजक चेतन शर्मा लामिछानेले समाजको उद्देश्य र महत्वबारे धारणा राख्दै समाजिक एकताको आवश्यकता औंल्याउनुभयो। यसैगरी, जिवनाथ लामिछाने, शिव लामिछाने, राजु क्षेत्री लामिछाने, कृष्ण क्षेत्री उदय, र सृष्टि लामिछानेले पनि समाजको भूमिका र योगदानबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
तदर्थ समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष रामप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन चेतनदास शर्मा लामिछाने र लोकराज शर्मा लामिछानेले संयुक्त रूपमा गर्नुभएको थियो।